Texas College
YouTube Link

ज्येष्ठ सदस्यको टुंगोबिनै सांसदको शपथ तय, मातृभाषामा शपथ लिन तीन दिन अगावै सूचना दिनुपर्ने

Facebook Link

 

काठमाडौं: नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले यही पुस ७ गते आफूमध्ये ज्येष्ठ सदस्यबाट शपथ लिने भएका छन् । तर, अहिलेसम्म ज्येष्ठ सदस्यकै टुंगो लागेको छैन ।

 

कानुन अनुसार ७ गते अगावै राष्ट्रपतिसमक्ष शपथ लिइसक्नुपर्ने हुन्छ । निर्वाचन आयोगले सचिवालयलाई निर्वाचित सांसदको उमेर (जन्ममिति)समेतको विवरण उपलब्ध गराएको छ । तर, उक्त विवरणलाई मात्रै आधार नमानेर सचिवालयले सम्भावित ज्येष्ठ सदस्यको विषयमा अध्ययन गरिरहेको प्रवक्ता संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

 

यसपटक माओवादीबाट निर्वाचित सांसद यादवको उमेर ८५ रहेको आयोगको विवरणमा छ । यद्यपि, महन्थ ठाकुर, चित्रबहादुर केसी र पशुपतिशमशेर जबरा सबैभन्दा बढी उमेरका सांसद रहेको पाण्डेको भनाइ छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा सोमबार जारी सूचनामा शपथग्रहण कार्यक्रममा सांसदहरूलाई नागरिकताको प्रतिलिपि, प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि अनि दुई प्रतिफोटो ल्याउन भनिएको छ। यस्तै, राष्ट्रिय वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ ।

 

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि  कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

 

मातृभाषामा शपथग्रहण गर्न चाहने सांसदले तीन दिनअघि नै संसद् सचिवालयमा जानकारी गराउनुपर्ने महासचिव डा. गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार यही पुस १० गतेभित्र नयाँ सरकार बन्नुपर्ने हुन्छ । त्यसअगावै संसद् सचिवालयले सांसदको शपथग्रहण कार्यक्रम राखेको हो ।

 

सांसदको शपथ भने नयाँ बानेश्नरस्थित संसद् भवनमै हुनेछ । त्यसपछि सांसदहरूले सांसद भएबापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...