Rajshow Bivag

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा

Departmant of helth services

 

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना र नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

 

अहमेद बिन अलि स्टेडियममा शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना क्वाटरफाईनलमा पुगेको हो ।

 

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

 

खेलको ३५औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १०००औं खेल हो ।

 

खेलको ५७औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो ।

 

 

यसैबीच नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार भएको खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

 

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । खेलको १०औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए । खेलको ७६औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८१औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-१ को सहज जित दिलाए ।

 

कतार विश्वकपको क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना आमने सामने हुनेछन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...