खोटाङमा रामकुमार राई ‘पासाङ’ विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:४५
2.9K
shares
काठमाडौं: खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गर्दै विजयी भएका छन् ।
राईले ३१ हजार ३५१ मत पाए भने उनका निकटत प्रतिद्वन्द्वी भट्टराईले २८ हजार ६८५ मत पाएका छन् । २०७० र ०७४ मा लगातार दुई कार्यकाल भट्टराईले जितेका थिए ।
राई २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा खोटाङ-१ बाट निर्वाचित भएका थिए । संविधान जारी भएपछि २०७४ को प्रदेशसभा निर्वाचनमा उनी खोटाङ १ (ख) बाट निर्वाचित भएका थिए । राई प्रदेश १ को वर्तमान खानेपानी, तथा सिंचाइ तथा ऊर्जा मन्त्री पनि हुन् ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:४५




















