मकवानपुर-१ बाट राप्रपाका दीपकबहादुर सिंह विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५९
3.7K
shares
हेटौँडा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह मकवानपुर-१ बाट एमाले तथा सत्ता गठबन्धनलाई पराजित गर्दै विजयी भएका छन् ।
सिंहले मकवानपुर-१ मा खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी महालक्ष्मी उपाध्यय डिना २५ हजार ४२३ मत ल्याए भने एमालेबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५९




















