YouTube Link

यी हुन् चर्चित पराजित नेताहरु, को-कोसँग हारे ?

Facebook Link

 

काठमाडौं: आम निर्वाचनको मतपरिणाम अनुसार चर्चित अनुहारहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका शीर्ष नेता नै पराजित भएका छन् ।

 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए । यस्तै, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए । एमाले महासचिव शंकर पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग दाङ-२ बाट पराजित भए ।

 

त्यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पनि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग लमजुङ १ बाट पराजित हुन पुगे ।

 

पूर्वसभामुख ओनसरी घर्तीमगर काठमाडौं-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भइन् । भने माओवादी केन्द्रका नेतृ पम्फा भुषाल ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीसँग पराजित भईन् ।

 

नेपाली कांग्रेसका नेता एवम् पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशीर खनालसँग काठमाडौं ६ बाट पराजित भए ।

 

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तीयाक राई बाँके २ मा राप्रपाका धवलशमशेर जवरासँग पराजित भए । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि गुल्मी-२ बाट एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भए ।

 

त्यस्तै नेकपा एकीकृत समाजवादीका सचिव विरोध खतिवडा एमालेका युवा नेता महेश बर्तौलासँग मकवानपुर-३ मा पराजित भए । भक्तपुर-२ मा एमाले नेता महेश बस्नेत कांग्रेसका दुर्लभ थापा क्षेत्रीसँग पराजित भए भने एमाले नेता अग्नी खरेल झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भए ।

 

त्यसैगरी नेपाली कांग्रेसका नेता बलबहादुर केसी पनि सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राईसँग पराजित भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...