Rajshow Bivag

यी हुन् चर्चित पराजित नेताहरु, को-कोसँग हारे ?

Departmant of helth services

 

काठमाडौं: आम निर्वाचनको मतपरिणाम अनुसार चर्चित अनुहारहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका शीर्ष नेता नै पराजित भएका छन् ।

 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए । यस्तै, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए । एमाले महासचिव शंकर पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग दाङ-२ बाट पराजित भए ।

 

त्यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पनि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग लमजुङ १ बाट पराजित हुन पुगे ।

 

पूर्वसभामुख ओनसरी घर्तीमगर काठमाडौं-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भइन् । भने माओवादी केन्द्रका नेतृ पम्फा भुषाल ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीसँग पराजित भईन् ।

 

नेपाली कांग्रेसका नेता एवम् पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशीर खनालसँग काठमाडौं ६ बाट पराजित भए ।

 

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तीयाक राई बाँके २ मा राप्रपाका धवलशमशेर जवरासँग पराजित भए । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि गुल्मी-२ बाट एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भए ।

 

त्यस्तै नेकपा एकीकृत समाजवादीका सचिव विरोध खतिवडा एमालेका युवा नेता महेश बर्तौलासँग मकवानपुर-३ मा पराजित भए । भक्तपुर-२ मा एमाले नेता महेश बस्नेत कांग्रेसका दुर्लभ थापा क्षेत्रीसँग पराजित भए भने एमाले नेता अग्नी खरेल झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भए ।

 

त्यसैगरी नेपाली कांग्रेसका नेता बलबहादुर केसी पनि सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राईसँग पराजित भएका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...