सिन्धुलीबाट माओवादीले खोल्यो प्रतिनिधि सभातर्फ खाता
वि.सं.२०७९ मंसिर ७ बुधवार १२:४८
4.3K
shares
काठमाडौं: सिन्धुली क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ खाता खोलेको छ । पोलिटव्युरो सदस्य लेखनाथ दाहाल (राजन) विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहालले २७ हजार ५१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ३५५ मत प्राप्त गरे ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १२:४८



















