बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ कुन पार्टीले कुन जिल्लाको कुन क्षेत्रमा जित्यो ? (विस्तृतमा)
वि.सं.२०७९ मंसिर ७ बुधवार १२:२३
4.2K
shares
काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म बागमती प्रदेशमा प्रतिनिधि सभातर्फ १२ वटा सिटको अन्तिम टुंगो लागेको छ ।
जसमा नेपाली कांग्रेस सात सिटसहित अग्रस्थानामा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी तीन सिटसहित दोस्रो स्थानमा रहेको छ ।
यसैगरी नेकपा एमाले दुई सिट सहित तेस्रो स्थानमा रहेको छ । मतगणना जारी रहँदा हालसम्म प्रतिनिधि सभातर्फ बागमती प्रदेशमा कुन पार्टीले कुन जिल्लाको कुन क्षेत्रमा जित्यो ?
नेपाली कांग्रेस
प्रकाशमान सिंह (काठमाडौं क्षेत्र १)
सन्तोष चालिसे (काठमाडौं क्षेत्र ३)
गगन थापा (काठमाडौं क्षेत्र ४)
प्रदीप पौडेल (काठमाडौं क्षेत्र ५)
राजेन्द्र कुमार केसी (काठमाडौं क्षेत्र १०)
उदय समशेर राण (ललितपुर क्षेत्र १)
मोहन आचार्य (रसुवा क्षेत्र १)
राष्ट्रिय स्वतन्त्र पार्टी
तोषिमा कार्की (ललितपुर क्षेत्र ३)
गणेश पराजुली (काठमाडौं क्षेत्र ७)
विश्वभक्त श्रेष्ठ (काठमाडौं क्षेत्र ८)
नेकपा एमाले
प्रेमलाल महर्जन (ललितपुर क्षेत्र २)
कृष्णगोपाल श्रेष्ठ (काठमाडौं क्षेत्र ९)
वि.सं.२०७९ मंसिर ७ बुधवार १२:२३



















