YouTube Link

यी हुन् अन्तिम पटक विश्वकप खेल्ने १० स्टार खेलाडी

Facebook Link

 

काठमाडौं: कतार विश्वकपमा यसपटक धेरै नयाँ खेलाडीहरुले डेब्यु गर्दैछन् । केही खेलाडीका लागि भने कतार विश्वकप अन्तिम हुन सक्छ ।

 

सन् २०२६ मा मेक्सिको, अमेरिका र क्यानडामा हुने विश्वकपमा यसपटकका चर्चित अनुहार देख्न पाइने छैन । क्लब स्तरका सबैजसो उपाधि उचालिसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी विश्वकपको ट्रफी उचाल्न चाहन्छन् । रोनाल्डो र मेस्सीसँगै अन्य १० खेलाडीका लागि भने कतार विश्वकप अन्तिम  हुनेछ ।

 

यसै क्रममा कतार विश्वकप २०२२ का लागि सहभागी टोलीहरु कतार पुग्ने क्रम जारी छ । केही टोलीले भने कतार पुगेर विश्वकपको तयारी पनि सुरु गरिसकेका छन् ।

 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

क्लब फुटबलमा सबैखाले मुख्य उपाधि उचालेका त्रिस्टियानो रोनाल्डोको लागि यस पटकको विश्वकप अन्तिम हुनेछ । खेल जीवनको उत्तरार्धमा रहे पनि विश्वकप खेल्न लागेका रोनाल्डोले अझै केही समय फुटबलमा सक्रिय रहने संकेत भने गरिसकेका छन् ।

 

यो विश्वकप रोनाल्डोका लागि ठूलो अवसर पनि हो । युरोपियन च्याम्पिनयसिपमा रोनाल्डोले सर्वाधिक प्रतियोगिता, खेल र गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गराइसकेका छन् । रोनाल्डोले २०१६ मा युरो कपको उपाधि पनि उचालिसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ । उनले ११७ गोल गर्दा सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध उत्कृष्ट ह्याट्रिक गरेका थिए ।

 

३७ वर्षीय रोनाल्डोले ७ सय क्लब गोल र ३० भन्दा धेरै उपाधि उचाल्दा ५ पटक बालोन डे’ओर पनि जितिसकेका छन् । उनी कतार विश्वकपको उपाधि उचाल्दै पोर्चुगललाई नयाँ शक्तिको रुपमा स्थापित गर्न चाहन्छन् ।

 

लियोनेल मेस्सी (अर्जेन्टिना)

लियोनेल मेस्सीको लागि यस पटकको विश्वकप अन्तिम हुनेछ । आफ्नो समयका महान खेलाडी मेस्सीले बार्सिलोना र पेरिस सेन्ट जर्मनका लागि ६९५ गोल गरिसकेका छन् । सात पटकको बालोन डे’ओर विजेता मेस्सीले पछिल्लो समय कोपा अमेरिकाको उपाधि उचालेका थिए । बार्सिलोना छाडेर पीएसजी पुगेपछि मेस्सीले १८ खेलमा ११ गोल र १४ असिस्ट गरेका छन् ।

 

रोबर्टो लेवान्डोस्की (पोल्याण्ड)

पोल्याण्डका रोबर्टो लेवान्डोस्कीका लागि कतार विश्वकप अन्तिम हुन सक्नेछ । यही सिजन बार्यन म्युनिख छाडेर बार्सिलोना पुगेका ३४ वर्षीय लेवान्डोस्कीले १९ खेलमा १८ गोल गरिसकेका छन् । यसअघि ला लिगका १३ खेलमा १३ गोल च्याम्पिनयसिपमा ५ खेलमा ५ गोल गरेका छन् ।

 

नेयमार (ब्राजिल)

नेयमारले पनि सम्भवतः अन्तिम विश्वकप खेल्दै छन् । उनले यसअघि नै कतार विश्वकप आफ्नो लागि अन्तिम खेल हुने बताइसकेका थिए । पीएसजीमा रहेका नेयमारले १३ गोल गर्दा ११ असिस्ट गरेका छन् । पछिल्लो पटक लयमा रहेका नेयमार ब्राजिललाई छैटौँ विश्वकपको उपाधि दिलाउन चाहन्छन् । ७५ अन्तर्राष्ट्रिय गोल गरेका नेयमार ब्राजिललाई पुनः एकपटक विश्व च्याम्पियन बनाउन चाहन्छन् ।

 

लुइस स्वारेज (उरुग्वे)

लुइस स्वारेजको पनि कतार विश्वकप अन्तिम हुनेछ । लिभरपुल, बार्सिलोना र एथलेटिको मड्रिडका पूर्व स्टाइकर स्वारेज फ्री एजेन्ट मार्फत आफ्नो पहिलो पूर्व क्लब नेशनल डि फुटबलमा फर्केका थिए । स्वारेजले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको क्वार्टरफाइनल अन्तर्गत घानाविरुद्धको खेलमा बललाई हातले रोक्दै गोल हुनबाट बचाएका थिए । त्यसपछि पाएको पेनाल्टीमा गोल हुन सकेन र घाना पहिलोपटक सेमिफाइनलमा पुग्नबाट वञ्चित भएको थियो । त्यस्तै सन् २०१४ मा इटालीका डिफेन्डर जजिर्यो चिलिनीलाई स्वारेजले टोकेका थिए । त्यसपछि उनलाई फिफाले प्रतिबन्ध पनि लगाएको थियो ।

 

लुका मोड्रिच (क्रोएशिया)

लुका मोड्रिचका लागि पनि २०२२ को कतार विश्वकप अन्तिम हुनेछ । क्रोएशियालाई ८ महत्वपूर्ण उपाधि दिलाएका मोड्रिच विश्वकप फुटबलपछि सन्यास लिने तयारीमा छन् । यसअघि सन् २०१८ मा भएको विश्वकपमा पनि उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यही समयमा उनले बालोन डे’ओर पनि जितेका थिए ।

 

करिम बेन्जेमा (फ्रान्स)

करिम बेन्जेमाले अन्तिम कतार विश्वकप खेल्ने तयारीमा छन् । २०२२ को बालोन डे’ओर विजेता बेन्जेमाले क्लबमा लागि ४६ खेलमा ४४ गोल गरेका छन् । सन् २००९ देखि उनी रियल मड्रिडबाट खेल्दै आएका छन् । रियलबाट उनले २३ उपाधि उचालेका छन् । ४ ला लिगा, २ कोपा डेल रे, ५ युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यो क्रममा उनले ४२२ खेलबाट २२४ गोल गरेका छन् । दोस्रो पटक विश्वकप खेल्न लागेका बेन्जेमा कतार विश्वकपलाई नै अन्तिम बनाउने तयारीमा छन् । उनले यो अघि सन् २०१४ मा विश्वकप खेलेका थिए ।

 

ग्रेथ बेल (वेल्स)

ग्रेथ बेलका लागि पनि कतार विश्वकप पहिलो र अन्तिम हुन सक्नेछ । बेलका लागि विश्वकप अन्तिम भए पनि फुटबलमा भने सक्रिय रहने बताएका छन् । रियलसँगको समझौता सकिएपछि उनी लस एन्जलमा आबद्ध भएका थिए । जहाँ उनले एमएलएस कप उचालेका थिए । ग्रेथ बेलले ५ च्याम्पियन्स लिग, ४ क्लब वर्ल्डकप, ३ युरोपियन सुपर कप, ३ ला लिगा, १ कोपा डेल रे र ३ स्पेनिस सुपर कपको उपाधि उचालेका छन् ।

 

म्यानुअल नुएर (जर्मनी)

गोल किपर म्यानुअल नुएरले सन् २०१४ मा विश्वकपको उपाधि उचालेका थिए । म्यानुअल २०२६ हुने विश्वकपमा ४० वर्ष पुग्नेछन् त्यसैले पनि उनको लागि यो विश्वकप अन्तिम हुनेछ ।

 

सर्जियो बुस्केट्स (स्पेन)

सन् २०१० को विश्वविजेता स्पेनका लागि सर्जियो बुस्केट्सको पनि कतार विश्वकप अन्तिम पटक हुनेछ । अहिले बार्सिलोमा रहेका बुस्केट्सले ८ ला लिगा, ७ कोपा डेल रे र ३ युईएफए च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...