YouTube Link

सोमालियाको एक होटलमा गराइएको आक्रमणमा परी २६ जनाको मृत्यु

Facebook Link

एजेन्सी: सोमालियाको एक होटेलमा गराइएको आक्रमणमा २६ जना मारिएका छन् । सोमालियाको स्वशासित क्षेत्र जुबाल्याण्डस्थित बन्दरगाह शहर किस्मायूको आलिशान होटेलमा बन्दुकधारीले गराएको आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

सोमाली अधिकारीका अनुसार मारिनेमा सोमालीसहित बेलायती, अमेरिकी, केन्याली तथा तान्जानियाका नागरिक छन् । त्यसबाहेक आगामी सोमाली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका नेता पनि आक्रमणमा मारिएको जनाइएको छ । मारिनेमा २ पत्रकार तथा संयुक्त राष्ट्रसंघमा कार्यरत समेत छन् । जुबाल्याण्डका अधिकारीले ४ आक्रमणकारीले स्थानीय होटेलमा आक्रमण गरेको बताएका छन् । तीमध्ये एकले आत्मघाती कार बम आक्रमण गराएका थिए ।

सुरक्षाकर्मीको जवाफी कारवाहीमा अन्य २ आक्रमणकारी मारिएको तथा अर्का एक आक्रमणकारीलाई जीवितै नियन्त्रणमा लिइएको छ । आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबले लिएको छ । आतंकवादी सञ्जाल अल कायदासँग आबद्ध अल शबाब समूहले सोमालियामा सैनिक तथा सर्वसाधारणलाई निशाना बनाएर बेलाबेला आक्रमण गर्दै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...