YouTube Link

कात्तिक महिनाको एक सातामा ३५३ ऋणी कालोसूचीमा

Facebook Link

 

काठमाडौं: कर्जा सूचना केन्द्रले समयमा ऋण तिर्न नसकेको भन्दै कात्तिक महिनाको एक सातको अवधिमा ३५३ ऋणीलाई कालोसूचीमा राखेको हो ।

 

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेका छन् ।

 

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।

 

कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस अवधिमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ ।

 

त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।

 

कर्जा सूचना केन्द्रका अनुसार कात्तिक महिनाको दोस्रो दिन अर्थात कात्तिक २ गते शुभलक्ष्मी ट्रेडर्स, श्री भिमेशवर इन्टरप्राइजेज, मनकामना ज्वलर्स, फेमिली मिट कम्पनी, आस्था सेभिङ एण्ड क्रेडिड कोअपरेटिभ लिमिटेड, चौरी देउराली उत्थान कृषक समूह र माता पाथिभरा हार्डवेयर पसल कालोसूचीमा परेका छन् । यससंगै यस दिन ९४ व्यक्ति, व्यापारी तथा कम्पनी कालोसूचीमा परेका छन् ।

 

त्यस्तै, कात्तिक ४ गते ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रा.लि. पनि कालोसूचीमा परेको छ । जसको सञ्चालक दिपेश लामा र पूर्णबहादुर तामाङ रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । त्यस्तै, यस दिन मिडिक्स मेडिकल सप्लायर्स, अल पसल पब्लिक लिमिटेड, रेटिना गार्मेन्ट इन्डष्ट्रिज र गणेबहादुर बस्नेतसहित एक सय व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।

 

कात्तिक महिनाको ६ गते १६१ जना ऋणी कालोसूचीमा परेका छन् । यस दिन सत्यनारायण चौधरी, महालक्ष्मी वासिङ उद्योग, न्यू आकास जनरल स्टोर, गोदावरी इन्टरनेशनल प्राइभेट लिमिटेड, दिर्घायू बहुउद्देश्य कृषि प्राली, र गुरास इन्टरनेशनल प्राइभेट लिमिटेडलगायत ऋणी  कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...