मधेश प्रदेशमा छठका अवसरमा भोलि पनि बिदा
वि.सं.२०७९ कात्तिक १३ आइतवार १६:३०
3.4K
shares
जनकपुरधाम: मधेश प्रदेश सरकारले छठ पर्वको अवसर भोलि पारणको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी समेत दिएका छन् ।
जनकपुर धामसहित देशभर आज छठ पर्वको मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै छ । भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।
वि.सं.२०७९ कात्तिक १३ आइतवार १६:३०



















