Rajshow Bivag

चुनावी प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तुरुन्त हटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्वाचन आयोगको निर्देशन

Departmant of helth services

 

काठमाडौं: निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई आयोगले निर्देशन गरेको छ ।

 

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको ‘भर्चुअल’ बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।

 

उम्मेदवारले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचार प्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न आयोगका सचिव दुवाडीले आग्रह गरे ।

 

ब्यानरको दुरुपयोग भइरहेकाले हटाउन सम्बन्धित उम्मेदवारलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे ।

 

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउन पनि उनले आग्रह गरे ।

 

‘तुल, ब्यानर लगायतका कुराहरू व्यापक रूपमा दुरुपयोग भइरहेको छ । आचारसंहिता उल्लङ्घन भइरहेको छ’, उनले भने, ‘यसमा सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिन भनेका हौँ ।’

 

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जाहेर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएको बताए । सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने उनको भनाइ छ ।

 

प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि उनले सुझाव दिए ।  ‘कुनै पनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको  छ’, उनले भने, ‘विज्ञप्तिमार्फत जानकारी पनि गराइसकेको छ ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...