Texas College
YouTube Link

चुनावी प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तुरुन्त हटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्वाचन आयोगको निर्देशन

Facebook Link

 

काठमाडौं: निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई आयोगले निर्देशन गरेको छ ।

 

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको ‘भर्चुअल’ बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।

 

उम्मेदवारले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचार प्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न आयोगका सचिव दुवाडीले आग्रह गरे ।

 

ब्यानरको दुरुपयोग भइरहेकाले हटाउन सम्बन्धित उम्मेदवारलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे ।

 

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउन पनि उनले आग्रह गरे ।

 

‘तुल, ब्यानर लगायतका कुराहरू व्यापक रूपमा दुरुपयोग भइरहेको छ । आचारसंहिता उल्लङ्घन भइरहेको छ’, उनले भने, ‘यसमा सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिन भनेका हौँ ।’

 

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जाहेर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएको बताए । सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने उनको भनाइ छ ।

 

प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि उनले सुझाव दिए ।  ‘कुनै पनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको  छ’, उनले भने, ‘विज्ञप्तिमार्फत जानकारी पनि गराइसकेको छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...