YouTube Link

रामेछापमा तामाङ र ढुंगेलबीच कडा प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

Facebook Link

 

काठमाडौं: आगामी मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति पुर्णबहादुर तामाङ ‘कान्छाराम’ र नेकपा एमालेका केन्द्रिय सदस्य कैलाश ढुंगेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

 

निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट साझा उमेद्वारी परेको छ भने नेकपा एमाले भने एक्लै निर्वाचनमा होमिएको छ ।

 

जसरी पनि निर्वाचन आफनो पक्षमा पार्ने रणनीतिका साथ एमाले र मुख्य दुई ठुला दल नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनमा उत्रिएसँगै रामेछापमा चुनावी सरगर्मी बढेको छ ।

 

अघिल्लो निर्वाचनमा बाम गठबन्धनको तर्फबाट संघमा एकीकृत माओवादीका श्याम कुमार श्रेष्ठ निर्वाचित भएका थिए भने रामेछापको प्रदेश ‘क’ मा एमालेका शान्तिप्रसाद पौडेल र प्रदेश ‘ख’ मा पनि एमालेकै कैलाश ढुंगेल निर्वाचित भएका थिए ।

 

गठबन्धनमा सहमति गरेको नेकपा समाजवादी गठबन्धनबाट बाहिरिएसँगै पोलिटब्युरो सदस्य देवशंकर पौडेलको नेतृत्वमा छुट्टै उमेद्वारी दर्ता गराएका छन् ।

 

गठबन्धनबाट संघमा जिल्ला कांग्रेस सभापति पुर्ण बहादुर तामाङ र प्रदेश तर्फको दुवैमा नेकपा माओवादी केन्द्रले क्रमश: संविधान सभाका सभाषद तारा नारायण श्रेष्ठ ‘क’ र पार्टीका पोलिटब्युरो सदस्य युवराज चौलागाईलाई ‘ख’ बाट साझा उमेद्वारको रुपमा चुनावी मैदानमा उतारेको छ ।

 

यता राप्रपा र एमालेबीच गठबन्ध भएको भनिएपनि रामेछापमा भने नेकपा एमाले र राप्रपाले एक्ला एक्लै उमेद्वारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेले संघमा पार्टीका जिल्ला ईन्चार्ज एवं पुर्व प्रदेश अर्थ मन्त्री कैलास ढुगेललाई उमेद्वार बनाएको छ ।

 

पार्टीभित्रको आन्तरिक विवादका कारण विवाद मिलाउन नसकेको अवस्थामा तामाङलाई भने जितका लागि सहज देखिदैन । त्यसका लागि उसका जिल्ला नेताहरु नै स्वतन्त्र उमेद्वारका रुपमा उमेद्वार बनेका छन् भने केहि नेताहरुले नेपाली कांग्रेस विपी र अन्य साना पार्टीबाट उमेद्वारी दिएकाले यसको असर गठबन्धनमा पर्ने देखिन्छ ।

 

त्यसैगरी प्रदेश तर्फ पूर्व प्रदेश मन्त्री शान्ति पौडेल  ‘क’ र एमाले जिल्ला सदस्य मिलन घिसिङलाई ‘ख’ बाट चुनावी मैदानमा उतारेको छ ।

 

गठबन्धन र एमालेको तर्फबाट उम्मेरदवार बनेका तामाङ र ढुंगेल दुबै जना आफुले सहजै निर्वाचन जित्नेमा बिश्वस्त छन् । २०७४ सालको प्रतिनिधि सभाको नतिजा र स्थानीय तहको नतिजा हेर्ने हो भने कांग्रेस उम्मेरदवार सहजै जितको नजिक देखिन्छ ।

 

तर पार्टीभित्रको आन्तरिक विवादका कारण विवाद मिलाउन नसकेको अवस्थामा तामाङलाई भने जितका लागि सहज देखिदैन । त्यसका लागि उसका जिल्ला नेताहरु नै स्वतन्त्र उमेद्वारका रुपमा उमेद्वार बनेका छन् भने केहि नेताहरुले नेपाली कांग्रेस विपी र अन्य साना पार्टीबाट उमेद्वारी दिएकाले यसको असर गठबन्धनमा पर्ने देखिन्छ ।

 

गठबन्धनबाट साझा उम्मेदवार बनेका पुर्णबहादुर तामाङ ‘कान्छाराम’ २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका श्यामकुमार श्रेष्ठ ‘कुशल’सँग झिनो मतान्तरले पराजित भएका थिए ।

 

२०७४ सालको निर्वाचनमा सयुक्त गठबन्धनका उम्मेदवार श्रेष्ठले ४२ हजार ११७ मत प्राप्त गरी विजयी भएका थिए भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कान्छारामले ३५ हजार ७ ७१ मत प्राप्त गरेका थिए ।

 

एमालेबाट उम्मेरदवार बनेका कैलाश ढुंगेल आफनो अघिल्लो कार्यकाल रामेछापका जनताको विकासका लागि सुखद भएकोले पनि आफ्नो पक्षमा पहिलाको भन्दा जनमत बढेको भन्दै आफु निर्वाचनमा सहजै निर्वाचन जित्ने दावी गरेका छन् ।

 

गठबन्धनभित्रका धेरै असन्तुष्टि सम्बोधन भईसक्ने र अघिल्लो निर्वाचनमा पराजय भोगेर पनि गठबन्धनका साझा उमेद्वार बनेका कान्छारामले दर्जनौको संख्यामा सामाजिक कार्य गरेर जनताको मन जितेकाले यो पटक गठबन्धनका साझा उमेद्वारका लागि जित सहज हुने दावी गठबन्धन पक्षको छ ।

 

यता राप्रपा र राप्रपा नेपाल लगायतका राजनीति पार्टीहरुले पनि छुट्टा छुट्टै उमेद्वारी दर्ता गराएका छन् । त्यस बाहेक अन्य साना राजनीतिक पार्टी र स्वतन्त्र उमेद्वार समेत गरि संघमा २२ जना र प्रदेश सभाका लागि २५ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...