चाइनिज ताइपेसँग नेपाल पराजित
वि.सं.२०७९ असोज २३ आइतवार १६:५८
4K
shares
काठमाडौं: भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४-२ गोल अन्तरले पराजित भएको छ ।
समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग पराजित भएपछि नेपाल जित विहीन बनेको छ । ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई गोल गरे । यस्तै ताई यान याओ र लु यी टिङले एक एक गोल गरे ।
नेपालका कप्तान प्रशान्त लक्सम र धनसिङ विकले एक एक गोल फर्काए । खेलमा नेपालका दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गरे ।
जितसँगै ताइपेले छनोटमा सान्त्वना जित निकालेको छ । ताइपेको यो पहिलो जित हो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रह्यो । ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।
भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ ।
छनोटको समूह विजेता एसियन कपमा छनोट हुने छन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।
वि.सं.२०७९ असोज २३ आइतवार १६:५८



















