गठबन्धनको बैठक बालुवाटरमा जारी, होला त आज सिट बाँडफाँडमा सहमति ?
वि.सं.२०७९ असोज ४ मंगलवार ११:३३
1.4K
shares
काठमाडौ : सत्तागठबन्धनमा रहेका दलको शिर्ष नेताहरु यतिखेर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हुने सिट बाँडफाँडको लागि बैठक बसिरहेको हो । यसभन्दा अगाडी बसकेको बैठकमा सिट बाँडफाँडको कुरा मिलेको थिएन ।
उक्त विषयलाई टुङ्ग्याउनका बैठक बस्न लागेको हो । उनीहरुले आज सिट बाँडफाँडको कामलाई अन्तिम रुप दिनेगरी बैठक अगाडी बढेको बताईन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायण काजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल सहभागी छन् ।
यस्तै बैठकमा गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल तथा हिमाल पुरी र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको छ ।
वि.सं.२०७९ असोज ४ मंगलवार ११:३३



















