डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौ ल्याईदै
वि.सं.२०७९ असोज ४ मंगलवार १४:५०
1.8K
shares
काठमाडौ : नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वाथ्य अवस्था झन नाजुक बनेपछि उनलाई काठमाडौ ल्याउने तयारी भईरहेको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डा. केसीको पेटमा गंभीर खालको अल्सरको आशंका भएको भन्दै उनलाई तत्काल सुविधासम्पन्न अस्पताल लैजानको लागि आग्रह गरेको छ ।
जसअनुसार उनलाई नेपाली सेनाको स्काइ ट्रक अर्थात हेलिकप्टरमार्फत काठमाडौ ल्याउने तयारी भईरहेको हो ।
डा. केसी नौ दिनदेखि विभिन्न सात बुँदे माग राखी अनशनरत रहेका छन् । अनशनकै क्रममा डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ । अहिले उनकै विषयमा सरकार पक्ष र डा. केसीको पक्षबिच सिंहदरबारमा वार्ता समेत भईरहेको छ ।
वि.सं.२०७९ असोज ४ मंगलवार १४:५०



















