Texas College
YouTube Link

रुसबाट युरोपमा ग्यास आपूर्ति गर्ने मुख्य पाइपलाइन आजदेखि बन्द

Facebook Link

 

काठमाडौं: रुसले युरोपमा ग्यास आपूर्ति गर्ने मुख्य पाइपलाइन आजदेखि बन्द गरेको छ । नर्ड स्ट्रीम-वान नामको पाइपालाइन परियोजना रुसले आजदेखि पूर्णरुपमा बन्द गरेको हो ।

 

रुसी अधिकारीहरुले पाइपलाइन ममर्तका लागि भन्दै तीन दिनका लागि बन्द गरिएको बताएका छन् । यो पाइपलाईन रुसको सेन्ट पिटर्सबर्गबाट पूर्वी जर्मनीसम्म १२ सय किलोमिटर लामो छ ।

 

बाल्टिक समुद्रको पिँधमा बिछ्याइएको पाइपलाइन मर्मतका लागि भनिएपनि रुसले आफूविरुद्धको प्रतिबन्धको बदलामा बन्द गराएको पश्चिमा देशहरुको आरोप छ ।

 

तर, रुसले पश्चिमाहरुको आरोप अस्वीकार गरेको छ । यो पाइपलाइनबाट अहिले पनि क्षमताको २० प्रतिशत ग्यासमात्रै आपूर्ति हुँदै आएको थियो ।

 

योसँगै रुसले युरोपमा ग्यास तथा तेल आयातका लागि नर्ड स्ट्रीम-टू पाइपलाइन परियोजना तयार गरेको छ । तर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि यो परियोजनाको भविष्य अन्योलमा परेको छ ।

 

युक्रेनमाथि रुसी आक्रमणपछि रुससँग युरोप र पश्चिमा देशहरुको विवाद बढ्दै जाँदा ग्यासलगायत इन्धनको व्यापार संकटमा परेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...