YouTube Link

सुदूरपश्चिमको महान् चाड गौरा पर्व आजदेखि सुरु

World Cup 2026
Facebook Link

 

कैलाली: सुदूरपश्चिमको महान् चाड गौरा पर्व विधिवत रुपमा आजदेखि सुरु भएको छ । भाद्र कृष्ण शुक्ल पञ्चमीदेखि आरम्भ भएको गौरा पर्व अष्टमीसम्म चल्नेछ ।

 

भाद्र पञ्चमीका दिन महिलाहरूले ब्रत बसी गहुँ, केराऊ, गहत, मास र गुरास मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्दछन् ।

 

यिनै पाँच अन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने यस दिनलाई विरुडा पञ्चमीका नामले समेत चिन्ने गरिन्छ ।

 

सप्तमीका दिन गौरा देवीलाई नजिकैका मठमन्दिरमा भित्र्याएर पुजा अर्चना गरी विवाहित महिलाहरूले दुबो धागो चढाउने गर्दछन् भने अठबाली अर्थात गौराअष्टमीका दिन निराहार ब्रत बसेर गौरापर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पुजा अर्चना गर्दछन् ।

 

गौरा पर्वको प्रमुख आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक कुरीति, विकृति-विसंगतीविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ ।

 

महिलाहरूले यस अवसरमा आ-आफ्ना सुख-दुःख देउडाका माध्यमबाट व्यक्त गर्दछन् । गौरा बिसर्जन नगरिएसम्म गौरा घर, विभिन्न चौतारा तथा सार्वजनिक स्थलहरूमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रुपमा गोलवद्ध भई स्थानीय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन् ।

 

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्कालाई दुःख-सुख बाँड्नुका साथै सामाजिक सद्भाव कायम गर्ने गरिन्छ । गौरापर्वमा काम विशेषले घर बाहिर गएकाहरू पनि घर फर्कने गर्दछन् ।

 

हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार ब्रत बसेको आधारमा गौरा पर्व मनाउने धार्मिक मान्यता रहँदै आएको छ ।

 

दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरलगायतका सुदूरपश्चिमका जिल्लामा आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक-फरक दिन पारेर गौरा पर्व मनाइने र समापन गर्ने गरिन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...