YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलिया र पाकिस्तान विजयी

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा साविक विजेता अष्ट्रेलिया र पाकिस्तानले आ-आफ्नो खेल जितेको छ । ईङग्ल्याण्डको लर्ड्समा हिजो भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथि ८६ रनको जित हात पारेको हो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ दशमलब ४ ओभरमा जम्मा १५७ रनमा समेटिएको थियो । हार बेहोरको न्युजिल्याण्डले भने सेमिफाइनलमा स्थान बनाउने मौका गुमाएको छ । अब न्युजिल्याण्डलाई सेमिफाइनलमा स्थान बनाउन अन्य खेल कुर्नु पर्ने भएको छ । न्युजिल्याण्डलाई सस्तोमा समेट्ने क्रममा अष्ट्रेलियाका बलर मिचेल स्टार्कले जम्मा २६ रन खर्चिएर ५ विकेट लिएका थिए । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४०, रोस टेलरले ३० तथा मार्टिन गुप्टिलले २० रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले । ख्वाजाले ८८ रनको योगदान गरे भने केरीले ७१ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ह्याट्रिक विकेट सहित ४ विकेट लिए । बोल्टले अन्तिम ओभरको तेस्रो बलमा ख्वाजा, चौंथोमा मिचेल स्टार्क र पाँचौं बलमा जासन पाउललाई आउट गर्दै ह्याट्रिक पुरा गरे । उनको यो विश्वकपमा पहिलो ह्याट्रिक हो । बोल्ट विश्वकपमा ह्याट्रिक लिने न्युजिल्याण्डको पहिलो खेलाडी समेत बने ।जितसंगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ । यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ । तेश्रो स्थानमा रहेको न्युजिल्याण्डको ८ खेलबाट ११ अंक छ ।

शनिबार भएको अर्को खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै पाकिस्तान लिग तालिकाको शिर्ष चारमा पुगेको छ । सेमिफाइृनल यात्रा कठिन देखिएको पाकिस्तानले अफगानिस्तानलाई पारजित गर्दै अन्तिम चारको सम्भावनालाई बलियो बनाएको छ । पाकिस्तानको ८ खेलबाट ९ अंक भएको छ । इंग्ल्याण्डको लिड्समा अफगानिस्तानले दिएको २२८ रनको मध्यम लक्ष्य पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा इमाद वासिमले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल हकले ३६ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धा्रित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । अफगानिस्तानको यो विश्वकपमा लगातार आठौ हार हो । पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे भने वाहब रियाज र इमाद वासिमले समान २–२ विकेट लिए । पाकिस्तानले अब आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...