नागरिकता विधेयक राष्ट्रियसभामा पेश
वि.सं.२०७९ भदौ १२ आइतवार १४:०८
1.2K
shares
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रियसभाको बैठकमा आज पेश भएको छ ।
बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि राष्ट्रियसभामा गराइएको छ ।
आजको बैठकमा अन्य विभिन्न विधेयकका अघि बढाउने कार्यसूची पनि छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभामा उत्पति भई उक्त सभाबाट पारित भएका ‘बीमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभा समक्ष टेबुल गर्दैछन् ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
वि.सं.२०७९ भदौ १२ आइतवार १४:०८



















