महिला लक्षित ‘एनएमबि स्मार्ट नारी बचत खाता’ योजना
वि.सं.२०७९ भदौ २ बिहीवार १८:११
1.5K
shares
काठमाडौं: एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको छ ।
महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।
त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७९ भदौ २ बिहीवार १८:११



















