YouTube Link

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने

Facebook Link

 

काठमाडौं: नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ ।

 

नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजि क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा सिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको बिशेष उपस्थीतिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबिच टाइटल स्पोन्सरका लागि बिहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  ।

 

“आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता” भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसंग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

 

समझदारी समारोहमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ बर्ष पहिला स्थापना भएको बाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालिम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता ब्यक्त गरे ।

 

पहिलो सिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउदैं यो सम्मेलनले देशभरका युवाहरुमा बित्तिय साक्षरता, बैकिङ् पँहुच अभिबृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने बिश्वास ब्यक्त गरे ।

 

त्यसैगरी सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए ।

 

युवा उद्यमशीलताका लागि बातावरण बनाउदै स्टार्टअपहरुको सङ्ख्यातमक र गुणत्मक सहभागीता लागि सम्मेलन आयोजना गरिएको उनको भनाई थियो ।

 

७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५ सय जना युवाहरु सम्मेलनमा सहभागी हुने छन् ।

 

सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड बितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् ।

 

सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...