YouTube Link

कोपा अमेरिकामा उरुग्वेद्वारा चिली पराजित, जापान र इक्वेडरले खेले बराबरी

Facebook Link

एजेन्सी: कोपा अमेरिका अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा उरुग्वेले चिलीलाई पराजित गरेको छ । उरुग्वेको जितमा एडिन्सन काभानीले खेलको अन्तिम समयमा गरेको गोल निर्णायक सावित भयो ।

काभानीले खेलको ८२औं मिनेटमा विजयी गोल गरेका थिए । खेलको ७०औं मिनेटमा चिलीले अग्रता लिने अवसर गुमाएको थियो । ७०औं मिनेटमा चिलीका डिआजले फ्लिक गरेको बलमा गोलरक्षक फर्नान्डो मुस्लेरा बिट भएपनि डिफेन्डर जोसे जिमिनेजले गोललाइनबाट बचाएका थिए ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा गोलको प्रयास गरेका थिए । पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा उरुग्वेले गोल गर्ने मौका पाएको थियो । खेलको २३ औं मिनेटमा सुआरेजले गोलरक्षकलाई बिट गरेपनि प्रहार गर्न ढिलो गर्दा गोलरक्षक आरिआसले बचाऊ गरेका थिए ।

समूहको अर्को खेलमा जापान र इक्वेडर १-१ को बराबरीमा रोकिएपछि जापान समूह चरणबाट बाहिरिएको छ । जापानले शोया नाकाजिमाको गोलमा १५ औं मिनेटमा अग्रता लिएपनि इक्वेडर ३५ औं मिनेटमा गोल फर्कायो । इक्वेडरका लागि एन्जल मेनाले गोल गरेका थिए ।

समूह सी बाट उरुग्वे ३ खेलमा ७ अंकसहित शीर्षस्थानमा रहयो भने चिली ६ अंक सँगै उपविजेताको रुपमा क्वार्टरफाईनलमा प्रवेश गरेको छ । जापान २ अंक र इक्वेडर १ अंकसहित प्रतियोगिताबाट बाहिरिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...