YouTube Link

साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको वृद्धि

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज उच्च अंकले बढेको छ । नेप्से ५४.५८ अंकले बढेर २ हजार १९५ दशमलब १० विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा चार अर्ब ६० करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

यस मध्ये दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने पाँच कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

नेप्सेका अनुसार आज गुडविल फाइनान्स कम्पनीको डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो ।

 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २१ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...