सानिमा बैंकका ग्राहकहरूले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने
वि.सं.२०७९ साउन १५ आइतवार १४:३४
2.2K
shares
काठमाडौं: सानिमा बैंकका ग्राहकहरूले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राहकहरूले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकमान्तर (चेकआउट) गर्न सक्नेछन् ।
बैंकले ग्राहकहरूका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।
बैंकको मोबाइल बैंकिङ एपबाट ईसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरू गर्दै जाने भन्ने विश्वास गरेको छ ।
वि.सं.२०७९ साउन १५ आइतवार १४:३४




















