नेपाल बैंकको डबल धमाका मुद्दती खाता सञ्चालनमा
वि.सं.२०७९ साउन १५ आइतवार १३:५२
2.5K
shares
काठमाडौं: नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैङ्कले जनाएको छ ।
त्यसैगरी रेमिट्न्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरूले रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरू पनि प्रदान गरेको छ । नेपालभरका सम्पूर्ण शाखाहरूमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७९ साउन १५ आइतवार १३:५२




















