YouTube Link

सुपुर्दगी विधेयक खारेजको माग गर्दै हङकङमा हजारौं नागरिकले गरे प्रहरी मुख्यालय र राजश्व भवन घेराउ

World Cup 2026
Facebook Link

एजेन्सी: विवादस्पद सुपुर्दगी विधेयक खारेज गर्नुपर्ने माग गर्दै हङकङका हजारौं नागरिकले प्रहरी मुख्यालय घेराउ गरेका छन् । हङकङमा करिब दुई सातादेखि सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहेको छ ।

सरकारी मुख्यालय र विधायक काउन्सिल अगाडि जम्मा भएका प्रदर्शनकारीहरुले प्रहरी मुख्यालय घेराउ गरी विवादास्पद विधेयक खारेजीको माग गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले विधेयक खारेज गर्नुका साथै यस अघिको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । केही प्रदर्शनकारीले राजश्व भवनलाई समेत घेराउ गरेका छन् । प्रदर्शनकारीहरुका कारण हङकङमा सरकारी काम समेत ठप्प भएका छन् ।

आपत्कालीन सेवासमेत प्रभावित हुँदै गएका छन् । हङकङका प्रहरीले प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न र आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । दुई सातादेखिको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएका छन् । हङकङका प्रमुख कार्यकारी क्यारी लामले जुन १२ मा प्रदर्शनलाई साम्य बनाउन विधेयक स्थगित भएको घोषणा गरे पनि प्रदर्शन भने रोकिएको छैन । प्रदर्शनकारीहरुले विधेयक खारेजनै गर्न माग गर्दै आएका छन् । उनीहरुले विवादास्पद विधेयक खारेज नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...