निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई फायर गर्ने प्रतिवेदन बुझाउदै बिदा भए सचिव न्यौपाने
वि.सं.२०७९ साउन १२ बिहीवार ११:३०
3.4K
shares
काठमाडौ: नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने गरी प्रतिवेदन बुझाएर पर्यटन सचिव महेश्वर न्यौपाने मन्त्रालयबाट बिदा भएका छन् । उनले अनिवार्य अवकाश पाउनुअघि निगमलाई डुबाउने खेलमा लागेको भन्दै कार्यकारी अध्यक्षबाट अधिकारीलाई हटाउनेगरी प्रतिवेदन बुझाएर आफू बिदाम भएका हुन । सचिव न्यौपनेले हिजोबाट अवकाश पाएका छन् ।
न्यौपानेले तयार पारेको प्रतिवेदनको आधारमा कार्यकारी अध्यक्ष अधिकारीलाई यही साउन ९ गते बसेको मन्त्रीपरिषदको बैठकले बर्खास्ती गर्नेगरी स्पष्टीकरण समेत सोधनी भएको स्रोतको दाबी छ ।
केही समयअधि पर्यटनमन्त्री प्रेम आलेसँग बादबिादमा उत्रिएका अधिकारीको विषयमा छानविन गर्ने समिति बनेको थियो । समितिले उनलाई बर्खास्त गर्नुपर्ने निर्णय लिएको थियो । अहिले आएर फेरी जाँदाजाँदै पर्यटन सचिव न्यौपानेले ती आरोपमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सिफारिश गर्ने निर्णय गरेपछि अध्यक्ष अधिकारी थप समस्यामा परेका हुन् ।
कार्यकारी अध्यक्ष अधिकारीलाई यसअघि कार्यकक्षमै शयनकक्ष राखेको र कार्यलयमा काम गर्ने महिला कर्मारीमाथि गिद्यदेनजर लगाएको आरोप लाग्दै आएको थियो ।
वि.सं.२०७९ साउन १२ बिहीवार ११:३०



















