YouTube Link

नेकपा समाजवादी केन्द्र निर्माणका लागि प्रचण्डको सकृयता बढ्यो, फेरी भेटे बाबुरामलाई

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) यतिखेर कम्युनिष्ट पार्टीको एकताका लागि कम्मर कसेर लागि परेका छन् ।

 

राजनीतिक रुपमा चतुर खेलाडी रहेका प्रचण्डले आफूलाई केन्द्र भागमा राख्नका लागि यसभन्दा अगाडी पनि विभिन्न खालको राजनीतिक खेल खेलेका थिए ।

 

यसभन्दा अगाडी नेकपालाई विभाजन गर्न पनि उनले प्रमुख भूमिका निभाएका थिए । हाल नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर त्यसबेला एमाले फुटाउन पनि महत्वपूर्ण भूमिा खेलेका प्रचण्ड यतिखेर फेरी नेकपा समाजवादी केन्द्र निर्माणका लागि चलखेल शुरु गरेका छन् । यसैका लागि भर्खर मात्र जनता समाजवादीबाट अलग भएको डा. बाबुराम भट्टराईलाई मनाउन लागिपरेका छन् ।

 

गत सोमबार नेकपाकालीन सचिवालयका पाँच सदस्यको बैठकले पनि वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो। यसका निम्ति संयोजन समितिनै गठन गरेर गृहकार्य सुरू भइसकेको छ।
अहिले प्रचण्डकै डिजाइनअनुसार वामपन्थी शक्तिलाई मिलाउने कार्यलाई अगाडी बढिरहेको छ ।

 

यसकै लागि डा. भट्टराईलाई मनाउनल प्रचण्ड कस्सिएका छन् । उनले यसअघि पनि भट्टराईलाई भेटेका थिए । आज पनि फेरी दुई नेताबीच भेट भएको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ ।
भेटमा भट्टराईले कम्युनिष्ट नाम राखेर आफू कुनै पनि गठबन्धनमा सामेल नहुने जनाउ प्रचण्डलाई दिएका छन् । तर प्रचण्डले गठबन्धनमा जसरी पनि भट्टराईलाई समेट्ने गरी अगाडी बढेको बताईन्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...