नबिल बैंक बन्यो २८ अर्ब चुक्ता पुँजीसहित ठूलो बैंक
वि.सं.२०७९ असार २७ सोमवार १९:००
2.8K
shares
काठमाडौं: नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच होटल हायात रिजेन्सीमा बृहत् समारोहकाबीच मर्जरको घोषणा भएको छ ।
योसँगै कुल २८ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजीसहित नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैकको रुपमा उदाएको छ ।
१८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको नबिलले १० अर्ब ८ करोड चुक्ता पुँजी रहेको नेपाल बंगलादेश बैंकलाई १००:४२ स्वाप रेसियोमा एक्यावर अर्थात् प्राप्ति गरेको हो ।
असार १५ गते दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।
योसँगै यसअघिको यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित पहिलो बैंक रहेको ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा झरेको छ ।
वि.सं.२०७९ असार २७ सोमवार १९:००




















