माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दै, पदाधिकारीको टुङ्गो लगाउने तयारी
वि.सं.२०७९ असार २० सोमवार ०८:४६
1.2K
shares
काठमाडौं : नेकपा माओवादी (केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठकले पदाधिकारीको विषयलाई टुङ्गो लगाउने तयारी भईरहेको माओवादी स्रोतले बताएको छ ।
हिजोदेखि सुरु भएको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ । जसमा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र अन्य केन्द्रीय समिति सदस्य रहेका छन् ।
पदाधिकारीको भने अझै टुंगो लगाएको छैन् । बैठकमा अध्यक्ष प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन् ।
वैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन् । पदाधिकारीको टुङ्गो जसरी पनि लगाउनुपर्ने दबाब यतिखेर नेतृत्वलाई परेको छ । त्यसै कारण आज संभवतः पदाधिकारीको टुङगो लाग्नसक्ेन देखिन्छ ।
वि.सं.२०७९ असार २० सोमवार ०८:४६




















