डा. बाबुरामलाई छोड्दा मन्त्री उपहार
वि.सं.२०७९ असार २० सोमवार १०:२६
1.5K
shares
काठमाडौ : जनता समाजवादी पार्टी(जसपा) ले तीनजनाको नाम नयाँ मन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएको हो ।
भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएर भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरेको हो।
जसपाले अहिले सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईपक्षका लाई मन्त्री पद दिएका हुन । भौतिकमन्त्री राई र कृषिमन्त्री मृगेन्द्रकुमार डा. भट्टराईलाई छोडेका कारण मन्त्री पद उपहार पाएका हुन ।
भट्टराई पक्षमा लागेका नेताहरूलाई यादवले आफ्नो पक्षमा ल्याएर नयाँ मन्त्रीका लागि सिफारिस गरेको चर्चा पार्टीभित्र चलिरहेको छ। उनीहरुको आजै सपथग्रहण हुने बताईएको छ ।
वि.सं.२०७९ असार २० सोमवार १०:२६



















