YouTube Link

पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढे

Facebook Link

 

काठमाडौं: बीमा समितिले जारी गरेको तथ्यांक अनुसार पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेको देखिएको छ ।

 

गत बैशाख महिनाको तुलनामा जेठ महिनामा सम्पत्ति बीमा गर्नेहरुको संख्या २६ हजारभन्दा बढिले बढेको हो । तथ्यांक अनुसार बैशाखको तुलनामा जेठ महिनामा २६ हजार ८३७ अर्थात ६.७४ प्रतिशत बढिले सम्पत्ति बीमा गरेका हुन् ।

 

गत बैशाख महिनामा ३ लाख ९७ हजार ६६८ जनाले सम्पत्ति बीमा गरेका थिए । जेठ महिनामा आइपुग्दा उक्त संख्या बढेर ४ लाख २४ हजार ५०५ पुगेको छ ।

 

सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेसँगै सम्पत्ति वापत गरिने बीमा शुल्क रकम पनि बढेको छ । बैशाख महिनाको तुलनामा जेठमा महिनामा सम्पत्ति वापत गरिने बीमा शुल्क रकम ९ करोड ७ लाख रुपैयाँ अर्थात १८.२६ प्रतिशतले बढेको हो ।

 

समितिका अनुसार बैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ५८ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ४९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

 

सात प्रदेशमा कति बीमा शुल्क आर्जन भयो ?

चालु आवको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट प्रदेश नम्बर १ मा ७ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

अघिल्लो महिनाको तुलनामा यो बीमा शुल्क १२.७१ प्रतिशतले कम हो । गत बैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ८ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

 

मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट ४ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा उक्त प्रदेशबाट ४ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क रकम संकलन भएको थियो । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क रकम ७.७० प्रतिशतले कम हो ।

 

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट ३६ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा ३६.३२ प्रतिशत अर्थात ९ करोड ६८ लाख रुपैयाँले बीमा शुल्क बढेको छ । गत बैशाख महिनामा बीमा कम्पनीहरुले उक्त प्रदेशमा सम्पत्ति बीमाबाट २६ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।

 

गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट २ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क ९.०१ प्रतिशतले कम हो । गत बैशाख महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट बीमाबाट २ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

 

लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ०.३० प्रतिशत अर्थात २ लाख रुपैयाँले कम हो । गत बैशाखमा कम्पनीहरुले महिनामा ६ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

 

कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा कम्पनीहरुले ४१ लाख रुपैयाँ बीमा शुल्क अर्जान गरेका थिए । अघिल्लो महिनाको तुलनामा उक्त रकम ४.८७ प्रतिशत अर्थात २ लाख रुपैयाँले कम हो ।

 

सुदुरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाख महिनामा कम्पनीहरुले १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमा शुल्क रकम ७.४० प्रतिशत अर्थात १० लाख रुपैयाँले बढि हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...