YouTube Link

एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट पंकज विक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

 

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

 

एन्फाको २१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जनाले र शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जना निर्वाचित भएका छन् ।

 

दुई जना खुल्ला केन्द्रिय सदस्यको टुङ्गो सोमबार लाग्न सकेन । चार जनाको मत बराबर आएपछि अर्को साधारण सभाले केन्द्रिय सदस्यको टुङ्गो लगाउने भएको हो ।

 

अध्यक्षमा नेम्वाङ निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका वीरबहादुर खड्का निर्वाचित भए ।

 

उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही र दुर्गा बहादुर केसी निर्वाचित भए । केसी भने अध्यक्षमा पराजित शेर्पाको प्यानलबाट निर्वाचित भएका हुन् । अन्य उपाध्यक्ष नेम्बाङ प्यानलबाट निर्वाचित भएका हुन् ।

 

उपाध्यक्षका प्रत्यासी सुन्दर नरसिंह जोशी, उपेन्द्र मान सिंह, विज्ञानराज शर्मा र रत्न कुमार श्रेष्ठ पराजित भए । जोशी नेम्वाङ प्यानलबाट थिए, अन्य शेर्पा प्यानलबाट उपाध्यक्षका प्रत्यासी बनेका थिए ।

 

खुल्ला केन्द्रिय सदस्यमा मनिष जोशीले ४८, अनिल मल्लले ४७, रबिन्द्र चन्दले ४६, विकास नारायण श्रेष्ठले ४४, भोजराज शाहीले ४४, महेन्द्र क्षेत्रीले ४४, पुरुषोत्तम थापाले ४३, रमेश ब्यन्जनकारले ४३, मनिराज विष्टले ४२, टिका लामाले ४१, भरतबुढ थापाले ४० मत प्राप्त गर्दै निर्वाचित भए ।

 

दिपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरे । बराबर मत प्राप्त गरेका चार जनाको टुङ्गो आसन्न साधारण सभाले लगाउने गरि निर्णय भएको छ ।

 

खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा र सरिला श्रेष्ठ नेम्वाङ प्यानलका हुन् । सर्वाधिक मत ल्याएका मनिष जोशी, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिकाराम लामा, भरतबुढ क्षेत्री र पेमा डोल्मा शेर्पा प्यानलका हुन् ।

 

महिला सदस्यमा निर्वाचित सरिला श्रेष्ठले ४६ र पेमा डोल्मा लामाले ४३ मत प्राप्त गरिन् । महिला सदस्यका उम्मेदवार विन्द्रा देवान र विना श्रेष्ठ पराजित भए ।

 

कार्यसमितिको पहिलो बैठकले संघको महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ । र एन्फाको नयाँ कार्यसमिति २३ सदस्यीय बन्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...