अर्थमन्त्री बोल्न थालेपछि एमालेले गर्यो संसद बैठक बहिष्कार
वि.सं.२०७९ असार २ बिहीवार १४:४६
1.1K
shares
काठमाडौँ : आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले सांसदहरुले उठाएका प्रश्नको जबाफ दिन थालेपछि प्रमुख प्रतिपक्षी दल नेपका एालेले संसद बैठक बहिष्कार गरेको छ ।
अर्थमन्त्री शर्माको राजिनामा माग्दै आएको एमालेले अर्थमन्त्री शर्माले संसदमा जबाफ दिनुभन्दा राजिनामा दिएर मार्गप्रशस्त गर्न दबाब दिएका थिए ।
तर, अर्थमन्त्री शर्माले संसदमा सदनमा सांसदहरुले उठाएका विशभिन्न प्रश्नको जबाफ दिन थालेपछि एमालेले संसद बैठक बहिष्कार गरेको हो ।
यसैबीच अर्थमन्त्री शर्माले संसदमा बोल्दै राष्ट्रबिरोधी कुनै सम्झौता नगरेको बताएका छन् । उनले त्यस्तो गरे प्रमाणित गर्न समेत चुनौति दिएका छन् ।
वि.सं.२०७९ असार २ बिहीवार १४:४६




















