YouTube Link

बीमा कम्पनीको बीमा पोलिसी सरेन्डर गर्नेहरु २३ प्रतिशतले घटे

Facebook Link

 

काठमाडौं: एक महिनामा १९ जीवन बीमा कम्पनीको बीमा पोलिसी सरेन्डर गर्नेहरु २३ प्रतिशतले घटेका छन् ।

 

बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको चैत महिनाको तुलनामा बैशाख महिनामा बीमा पोलिसी त्याग्नेहरु २३.८० प्रतिशत अर्थात १८३६ जनाले घटेका हुन् ।

 

समितिको तथ्याङक अनुसार चैतमसान्तसम्म बीमितहरुले ७ हजार ७ सय १२ बीमालेख सरेन्डर गरेका थिए । बैशाख मसान्तसम्ममा ५ हजार ८ सय ७६ जनाले बीमालेख सरेन्डर गरेका छन् ।

 

यस अवधिमा १९ जीवन बीमा कम्पनीको ५५ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्यांकमा देखिएको छ ।

 

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका बीमालेख रहेका छन् ।

 

बैशाख महिनामा राष्ट्रिय बीमा संस्थानको ६ करोड ५४ लाख ६७ हजार रुपैयाँ बराबरको १ हजार २ सय ७० बीमा पोलिसी सरेन्डर भएको छ ।

 

त्यस्तै, यसै अवधिमा नेपाल लाइफ इन्स्योरेन्स २२ करोड २ लाख २१ हजार रुपैयाँ बराबरको १ हजार ८ सय २४ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ ।

 

यस्तै, सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ६ हजार रुपैयाँको ५ सय ५७ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ५ करोड ११ लाख ५ हजार रुपैयाँको ४ सय १४ वटा, मेट लाइफको ३ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको ३ सय ८४ वटा, एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७५ लाख रुपैयाँको ३ सय ९१ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ९८ लाख ६५ हजार रुपैयाँ बराबरको एक सय ४४ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।

 

त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट ७५ लाख ५३ हजार रुपैयाँ बराबरको ६२ वटा, प्राइम लाइफ इन्स्योरेन्सको ४७ लाख ३४ हजार रुपैयाँ बराबरको १०२ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४ करोड ४० लाख ३९ हजार रुपैयाँ बराबरको ४ सय २५ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट ४६ लाख ६० हजार रुपैयाँको २७ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट ७७ लाख ४९ हजार रुपैयाँ बराबरको ५७ वटा बीमा पोलिसी सरेन्डर गरेको तथ्याङकमा उल्लेख छ ।

 

समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख २२ हजार रुपैयाँ बराबरको १५ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख २६ हजार रुपैयाँ बराबरको ३६ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको २७ लाख २३ हजार रुपैयाँ बराबरको ७१ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको २४ लाख ६५ हजार रुपैयाँ बराबरको ३७ वटा पोलिसी सरेन्डर भएको छ ।

 

त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट १७ लाख १० हजार रुपैयाँ बराबरको २३ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ८६ लाख १२ हजार रुपैयाँ बराबरको २२ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट १९ लाख ४८ हजार रुपैयाँ बराबरको १५ वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...