YouTube Link

१६ वर्षीय अस्मिता चौधरी १८ दिनदेखि वेपत्ता, काकासहित दुई पक्राउ

Facebook Link

सुनसरी: सुनसरीको इटहरीबाट १६ वर्षीया अस्मिता चौधरीलाई बेपत्ता बनाएको आरोपमा उनकै काकासहित दुइृ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

अस्मितालाई बेपत्ता बनाएको आरोपमा उनका काका लालु चौधरी र सनी मण्डल पक्राउ परेका छन् । लालुले अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशी नदीमा लिएर गएदेखि उनी घर नफर्किएकी बेपत्ता किशोरीका बुवा पशुपति चौधरीले बताएका छन् ।

 

‘काका लालु र विराटनगर घर भएका धामी दिनेश मण्डलले मोटरसाइकलमा राखेर अस्मितालाई झारफुक गरेको पाती सेलाउन भन्दै कोशी नदिमा लिएर गएका हुन् । त्यो दिनदेखि छोरी घर फर्केकी छैन,’ बुवा पशुपतिले भने । कोशी नदीमा लैजाने भनिए पनि काका लालु र झाँक्री दिनेशले अस्मितालाई विराटनगरको सनी मन्दिर पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेठ २ गते किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन् ।

 

प्रहरीले त्यतिबेलै काका लालु र सनी मण्डल नाम गरेका अर्का एक व्यक्तिलाई पक्राउ गरेको थियो । झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापाले जानकारी दिए । अस्मिता बेपत्ता हुनुमा झाँक्री काम गर्ने दिनेशकै मुख्य हात रहेको दाबी अभिभावकको छ ।

 

विराटनगरस्थित सनी मन्दिर नजिक रहेको दिनेशको बहिनीको घरमा अस्मिताको पाउजु फेला परेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले बताएका छन् । उनको अवस्था अझै अज्ञात रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...