भारोत्तोलक खेलाडी चौधरीको मृत्यु, अनुसन्धान हुँदै
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:५०
1.6K
shares
काठमाडौ : एसियाली खेलकुदको तयारीका लागि रहेका भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनको मृत्यु के कारणले भएको हो भन्ने कुरा अहिले पुष्टि भएको छैन । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको पूरा विवरण खुल्न बाँकी छ ।
नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:५०




















