गठबन्धन अहिलेको आवश्यकता हो, मौका गुमाउनु हुँदैन: प्रधानमन्त्री देउवा
वि.सं.२०७९ वैशाख २१ बुधवार १७:००
2.6K
shares
काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
स्थानीय निर्वाचन २०७९ नेपाली कांग्रेस मोरङ्ग जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू गठबन्धनमा रहेका दलहरुको सहयोगमा प्रधानमन्त्री भएको प्रष्ट पारे ।
‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो । शंका उपशंका पैदा गर्ने काम गर्नु हुँदैन । नेपाली कांग्रेस धोका खाएको हो अरुलाई धोका दिँदैन त्यो कुरा बुझ्नुस साथीहरु सबैले,’ उनले भने- ‘यस्तो मौका गुमाउनु हुँदैन । उचाल्ने पछार्ने मानिस धेरै छन् । गठबन्धन अहिलेको आवश्यकता हो । धोका दिने काम नेपाली कांग्रेसबाट कहिले हुँदैन ।’
उनले पत्रकारहरु अहिले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग डराउने गरेको टिप्पणी गरे ।
‘आज डर–त्रास छैन, कसैलाई पनि सरकारले डर–त्रास दिएको छैन । निर्धक्क भएर बोलिराखेका छन्,’ प्रधानमन्त्रीले भने, ‘उसबेला ओलीको खिलापमा बोल्न डराउँथे मान्छेहरु । पत्रकारहरु लेख्न डराउँथे । अहिले पनि उसँग डराउँछन्, मेरै खिलापमा लेख्छन् ।’
वि.सं.२०७९ वैशाख २१ बुधवार १७:००



















