YouTube Link

तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस र टाट सुमोसँग ठोक्किँदा ५ जना मृत्यु, १० भारतीयसहित १८ घाइते

Facebook Link

 

काठमाडौं: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस र टाट सुमोसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

 

दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, सोही नगरपालिका-४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली, रामेछापको खडादेवी गाउँपालिका-८ बस्ने अन्दाजी ३० वर्षकी सम्झना भुषाल र उनका छोरा ६ वर्षका संगीत भूषालको मृत्यु भएको हो ।

 

घाइतेमध्ये १० जना भारतीय र ८ जना नेपाली छन् भने मृत्यु हुने सबै नेपाली हुन् । तीमध्ये एक जना सिकिस्त छन् भने ४ जनाको स्वास्थ्य अवस्था मध्यम तथा १२ जनाको अवस्था सामान्य रहेको छ ।

 

घाइतेमध्ये कमलामाई नगरपालिका-५ का ३ वर्षीय बालक आवाज नेपालीको अवस्था गम्भीर छ । उनका बाबु ३० वर्षका सरोज नेपाली, २६ वर्षीया आमा आयुशिखा नेपाली र फुपू दिदी ३४ वर्षीया शर्मिला नेपाली पनि घाइते भएका छन् ।

 

कमलामाई नगरपालिका-६ की २० वर्षकी शितल भण्डारी, उनकी बहिनी १५ वर्षकी श्रीया भण्डारी, सोही नगरपालिकाका ३५ वर्षका दिल्लीबहादुर विष्ट र ६२ वर्षकी प्रेमकुमारी बस्नेत पनि घाइते भएका छन् ।

 

यसैगरी भारतको छत्तिसगढ बस्ने ६२ वर्षका प्रेमशंकर यादव, उनकी श्रीमती ५७ वर्षकी आशादेवी यादव, ५८ वर्षकी पुनम गोस्वामी, ७० वर्षकी जमुना बाई, ६० वर्षका तुलसी यादव, ५० वर्षकी बहुरा यादव, ४८ वर्षीया विमला पुरी, ४७ वर्षकी भगवती साह, ७२ वर्षीय कमला गोस्वामी र ५० वर्षकी गीता पाण्डे पनि घाइते भएका छन् ।

 

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । भारतीय तीर्थयात्री बोकेको यू पी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटा सुमो ठोक्किँदा आज दिउँसो दुर्घटना भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...