YouTube Link

नेपाल राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सव समारोह सम्पन्न, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन: पूर्व गभर्नर रावल

Facebook Link

 

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

 

वार्षिकोत्सव समारोहमा बोल्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष राजीव शर्मा रेग्मी आफूहरू केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा रहेको बताएका छन् । उनले भने, ‘राष्ट्र बैंकको स्वायत्तताको पक्षमा छौं । केही घटनाक्रमले दुःखित छौं ।  राष्ट्र बैंकजस्तो संस्था अस्थिर हुनु हुँदैन ।’

 

गभर्नर महाप्रसाद अधिकारीका विषयमा सरकारले गरेको निर्णयप्रति लक्षित गर्दै उनले अदालतमा प्रवेश गरेको विषयमा धेरै बोल्न नहुने बताए ।

 

राष्ट्र बैंकका तीनवटै कर्मचारी संघको सहमति नहुँदा नहुँदै कर्मचारी सेवा विनियमावली संशोधन हुन लागेको उल्लेख गरे । उनले भने, ‘सहमतिबिना विनियमावली संशोधन हुन्छ भने स्वीकार्य हुँदैन । एचआर प्यान अध्ययन एकातिर र कार्यान्वयन अर्कातिर हुन्छ ।’

 

३० वर्ष काम गर्दा पनि कर्मचारीको बढुवा नहुने अवस्था आउन लागेको भन्दै उनले असन्तुष्टि जनाए ।

 

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रूद्र रेग्मीले वार्षिकोत्सव मनाउँदा अप्ठ्यारो मान्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

 

‘२०५८ सालमा आएको ऐनले राष्ट्र बैंकलाई स्वायत्त बनाएको थियो । त्यसपछि पनि वित्तीय माफियाको चंगुलमा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भयो । तत्कालीन गभर्नर विजयनाथ भट्टराई निलम्बनमा परे । अदालतले न्याय दिएपछि राष्ट्र बैंकको स्वायत्तता स्थापित भयो,’ उनले भने, ‘अब राष्ट्र बैंकमा हस्तक्षेप हुँदैन भन्ने अपेक्षा थियो । तर, आफ्नो भूमिकामा सिन्को भाँच्न नसक्ने सरकारले अवैधानिक निर्देशन दिने अमूक पार्टीको गुटको बहकाउमा गभर्नर निलम्बन गरिन्छ ।’

 

नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्र बैंक शाखाका अध्यक्ष रेशमबहादुर बल्छौँडीले सरकारलाई केन्द्रीय बैंकले सहयोग गरे पनि सरकारलाई विश्वास नभएको बताए ।

 

यसैबीच वाषिर्कोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । समारोहमा बोल्दै अर्थतन्त्र समस्या रहेको र दुर्घटनामा जान सक्ने बताएका हुन् ।

 

तर, यो समस्या विश्वव्यापी रुपमा आएको भन्दै कुनै व्यक्तिको कारण अर्थतन्त्रमा समस्या नभएको उनले बताए । ‘अर्थतन्त्र समस्या त छ, तर कुनै एक प्रधानमन्त्री, अर्थमन्त्री, पार्टीका नेताका समस्यामा परेको होइन’ उनले भने, ‘राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा पनि गलत हो, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन ।’

 

बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेको र यसले अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताए । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।

 

बजेटभन्दा व्यापारघाटा धेरै भएको भन्दै उनले अब उत्पादनमा जोडदिनुपर्ने बताए । समस्याको विषयमा सबै पार्टी बसेर समाधान खोज्न समेत उनको अनुरोध छ । गभर्नर निलम्बन प्रकरणमा उनले २० वर्षअघि आफूले जस्तै महाप्रसाद अधिकारीले न्याय पाएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...