YouTube Link

सम्मानजनक हिस्सा नपाए गण्डकी प्रदेश सरकार ढाल्ने मन्त्री आचार्यको चेतावनी

Facebook Link

 

काठमाडौं: जनता समाजवादी पार्टीका तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी एक मन्त्रीले  प्रदेश सरकार ढाल्ने चेतावनी दिएका छन् ।

 

जसपाबाट उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले आफूहरुलाई सम्मानजनक हिस्सा नदिए सरकार नै ढाल्ने चेतावनी दिएका हुन ।

 

उनले आफूहरुलाई सम्मानजनक हिस्सा नदिए प्रदेश सरकार नै ढाल्ने चेतावनी दिएका हुन । मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका हुन् ।

 

‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र कांग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन, उहाँहरुले साइड लगाउनु भयो भने उहाँहरुलाई ताकत देखाउन सक्ने आधार हामीसँग पनि छ । गण्डकी प्रदेशमा माओवादी र कांग्रेस बाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौं नि’ मन्त्री आचार्यले भने ।

 

अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उनले बताए । ‘अहिले हामी सरकारै ढाल्न सक्नेसम्म त सोचेका छैनौं । तर, उहाँहरुले निहुँ नै खोज्नु भयो भने त त्यसको प्रतिशोध त साँध्नुपर्‍यो नि । त्यो गर्नै पर्‍यो । औपचारिक रुपमा त हामी त्यसरी गएका छैनौं । तर, उहाँहरुले शंका गरिराख्नु भएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णायक छौं र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फिल्ट पनि भइराखेको त्यसो भएको कारण यसै भन्न सकिन्न मन्त्री आचार्यले भने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...