YouTube Link

बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई नवलपरासी लगिदै

Facebook Link

 

काठमाडौं: नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दामा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई आज नवलपरासी लगिदैछ ।

 

जिल्ला अदालत नवलपुरले बकपत्रका लागि उनलाई बोलाएपछि नायक शाहलाई त्यता लैजान लागिएको हो ।

 

त्यहाँ पनि ती नावालिगले आफूमाथि बलात्कार गरेको भन्दै पलविरुद्ध बलात्कार मुद्दा दिएकी थिईन  । दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो  ।

 

तर पल शाहले कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । उच्च अदालतमा केही दिनपछि यस विषयमा सुनुवाइ हुँदैछ ।

 

यसअघि प्रारम्भिक सुनुवाइपछि कैफियत प्रतिवेदन मगाएको थियो ।

 

जिल्ला अदालत तनहुँमा भने उनको बकपत्र गराइसकिएको छ । साक्षी बुझ्ने काम भने जारी रहेको जिल्ला अदालत तनहुँ स्रोतले जनाएको छ ।

 

यसअघि पीडित नाबालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको थियो ।

 

मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन् । त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ । यसअघि पीडितको बकपत्र गराउँदा पनि उनी साथै थिए । पीडित नाबालिग भएकाले त्यतिबेला पनि उनलाई संरक्षकका रुपमा साथै राखिएको हो ।

 

बुबासँगै हुँदा पीडित नाबालिगले पलले बलात्कार नगरेको बयान दिइन् । मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो । अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बयान दिएका छन् ।

 

यसअघिको जाहेरीमा गरिएको दाबी झुटो भएको र अरुको उक्साहटमा उजुरी हालिएको उनीहरुले बताए । यससँगै फैसला प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

 

अदालतले आफैं गराएको बयानलाई विशेष प्रमाणका रुपमा लिन्छ । तर केही घटनामा पीडितले इन्कार गरे पनि अदालतले दोषी ठहर गरेका उदाहरण पनि छन् ।

 

यस्तै झुटो जाहेरी दिएको भन्दै पीडितलाई नै सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ । हाल अध्यादेशमार्फत ल्याइएको फौजदारी संहिताअनुसार पीडितलाई हुने न्यूनतम सजायको आधा सजाय पीडितलाई हुन सक्ने व्यवस्था छ ।

 

तर पीडित नाबालिग भएकाले त्यसको पनि दुई तिहाई मात्रै सजाय हुन सक्ने व्यवस्था छ । अदालतले दुवैलाई सफाइ दिन पनि सक्ने छ ।

 

अहिले पलको मुद्धालाई लिएर विभिन्न खालको अडकलबाजी गर्न थालिएको छ । यसअघि पनि यस्तै घटना भएको थियो ।

 

पूर्वसभामुख कृष्णबहादुर महरालाई रोशनी शाहीले पहिले यस्तै मुद्धा दर्ता गराएर फेरी पछि र्फिता लिएकी थिईन । अहिले उक्त मुद्धामा सफाई पाएर महरा नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् भने रोशनी गुमनाम रहेकी छिन  ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...