YouTube Link

१६ वर्षीय कविता सुनुवारको बलात्कारपछि हत्या, दुई जना पक्राउ

Facebook Link

 

उदयपुर: उदयपुरमा गत मंगलबार १६ वर्षीय एक किशोरीको हत्या गरिएको अवस्थामा शव फेला पर्यो । बेलका नगरपालिका ६ किराँत चोककी १६ वर्षीया कविता सुनुवार मंगलबार शव फेला परेको थियो ।

 

उनको हत्या भएपछि त्यसको प्रहरीले अनुसन्धान अगाडी बढायो र अनुसन्धानबाट बलात्कारपछि हत्या भएको पत्ता लाग्यो ।

 

उनको हत्या आशंकामा उकै साथी सरिता ढकाल खत्री र उनकै नातामा दाजु पर्ने विनोद ढकाल खत्रीलाई प्रहरीले अहिले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० अध्ययनरत कविताको  घरदेखि केही पर बेलका ३ डंगटोलस्थित यशोदा खोलामा बलात्कारपछि रहस्यमय तरिकाले हत्या भएको थियो ।

 

उनको हत्या भएको  खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताको मृत्यु भईसकेको थियो ।

 

उनको बलात्कारपछि हत्या भएको आशंकामा पक्राउ परेका बिनोद भारतको सिक्कीम राज्य वियुङ स्थायी घर भई बेलका ३ स्थित काका जितबहादुर ढकाल खत्रीको घरमा बस्दै आएको प्रहरी भनाई छ ।

 

सँगै स्कुल गएका उनीहरुमध्ये कविताको हत्या हुनुले सरितातर्फ पनि शंकाको सुई घुमेको प्रहरीले बताएको छ । उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालेको जनाइएको छ ।

 

जिल्ला प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार किशोरीको बलात्कार गरी  टाउको पछाडि ढुंगाले हिर्काएर हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 

विस्तृत सत्यतथ्य खुल्न भने पोष्टमार्टम रिपोर्ट नै पर्खनुपर्ने एसपी बोहराले बताएका छन् ।

 

मृतक कविताको शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट आउन बाँकी रहेकाले अहिल्यै सबै कुरा नखुल्ने उनी बताउँछन् ।

 

कविताको हत्या घट्नाले बेलकाबासीमा त्रास फैलिएको छ ।  पछिल्लो समय ८ महिने बालिकादेखि किशोरी महिलाहरुको एकपछि अर्को बलात्कार गर्दै हत्या हुन थालेपछि त्यसले मानिसमा थप भय सिर्जना गराएको छ ।

 

घटनामा संलग्नलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न स्थानीयदेखि लिएर अधिकारकर्मीहरुले माग गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...