त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै
वि.सं.२०७८ चैत २१ सोमवार ०७:२०
2.6K
shares
काठमाडौं: त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ ।
आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।
नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपाल आज पपुवा न्युगिनीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पपुवा न्युगिनीले यसअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।
पपुवा न्युगिनीको टोली :
असाद भाला (कप्तान), लेगा सियाका, टोनी उरा, सेसे बाउ, चाल्र्स अमिनी, सिमोन आइती, चाद सोपर, नर्मन भानुआ, राइली हेकुरे, काबुआ मोरेआ, नोसैना पोकन, हिरी हिरी, जेसन किला, एली नाओ, डोगोडो बाउ र सिमो कमिया ।
पपुवा न्युगिनीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
पपुवा न्युगिनी नेपाललाई पन्छाउँदै टी-ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।
वि.सं.२०७८ चैत २१ सोमवार ०७:२०




















