यी हुन् एआईजीमा बढुवा हुने तीन डिआईजी
वि.सं.२०७८ चैत १७ बिहीवार ११:१४
2.4K
shares
काठमाडौं: सरकारले तीन डिआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धीरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो ।
उनीहरुलाई गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत्र १ गते बढुवा गर्न सिफारिस गरेको थियो ।
यसअघि, नेपाल प्रहरीमा जनपदतर्फ एआईजीको संख्या पाँच थियो । तीन थपिएसँगै एआईजीको संख्या आठ पुगेको छ ।
एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । प्रहरीमा नयाँ बन्ने आईजीपीले नै आउँदो निर्वाचनको कमान्ड गर्ने अवसर प्राप्त गर्नेछन् ।
सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्ति गर्ने गर्छ । यस्तोमा प्रधानमन्त्री र गृहमन्त्रीले रुचाएको व्यक्ति आईजीपी बन्ने सम्भावना बढी रहन्छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार ११:१४



















