एमाले अध्यक्षसँग के भने चिनियाँ विदेशमन्त्री वाङले ?
वि.सं.२०७८ चैत १३ आइतवार १४:०१
2.6K
shares
काठमाडौँ : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
उनी आज स्वदेश फर्किनुअघि प्रमुख प्रतिपषी दल एमालेका अध्यक्ष ओलीसँग भेट गरेका हुन । उनीहरुले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गर्दै बातचित गरेका थिए ।
भेटका क्रममा अध्यक्ष ओलीले बाआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरुलाइृ निरन्तरता दिनुपर्ने र छिटोभन्दा छिटो सम्पन्न गनुपर्छ भन्ने धारणा राखेका थिए ।
त्यस्तै नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिंचाइ, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए ।
‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएको र नाकाहरु बन्द भएकोले नाका खोल्न समेत अक्यक्ष ओलीले वाङसँग आग्रह गरेका थिए ।
हुम्लाभन्दा पारी चीनमा करिब पाँच सय जना नेपालीहरु अड्किएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्रीसमक्ष कुरा राखेका थिए । यसबारे सत्यतथ्य पत्ता लगाएर चीनमा नेपाली अड्किएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए ।
जबाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयनतर्फ लैजाने प्रतिवद्धता दोहोर्याएका थिए । उनले ठुलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।
वि.सं.२०७८ चैत १३ आइतवार १४:०१




















