देउवामाथि किन खनिए कांग्रेस कार्यकर्ता ?
वि.सं.२०७८ चैत ११ शुक्रवार १४:४९
2.6K
shares
काठमाडौं: नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति उनकै कार्यकर्ता खनिएका छन् ।
उनीहरुले पार्टी मुख्यालय सानेपामा देउवाबिरुद्ध नाराबाजी समेत गगरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको तदर्थ समिति गठन गर्दौ एकलौटी रुपमा गरेको भन्दै तरुण दलका असन्तुष्ट विद्यार्थी नेताहरुको आह्वानमा बिरोध भएको हो ।
नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १४:४९



















