YouTube Link

खराब प्रदर्शनका कारण युएईसँग नेपाल पराजित

Facebook Link

 

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईसँग नेपाल दोस्रो पटक पनि ९९ रनले पराजित भएको छ ।

 

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १०३ रनमा समेटियो ।

 

नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक कम स्कोर हो ।

 

खराब सुरुआत गरेको नेपालका आसिफ शेखको स्थानमा आएका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् । उनी मात्र २ रन बनाएर पेभिलियन फर्किए ।

 

यस्तै अर्का ओपनर कुशल भुर्तेल लगातार तेस्रो खेलमा खराब प्रदर्शनलाई निरन्तरता दिंदै ५ रनमा आउट भए ।

 

दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले ३ ओभर नसकिंदै ८ रनमा महत्वपूर्ण ३ विकेट गुमाउन पुगेको थियो ।

 

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । उनले ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए ।

 

आरिफ शेखले ४० बलमा १५ र जोड्दा विनोद भण्डारी दुर्भाग्यवस १२ रनमा आउट भए । सोमपाल कामीसँग दोस्रो रनको लागि तालमेल नमिल्दा बिनोद सहज रनआउट भए ।

 

करन केसी ४ रनमा आउट हुँदा बिक्रम सोबले १ रन बनाए । सन्दीप लामिछाने बलनै नखेली अविजित रहे ।

 

यूएईका जुनाइद सिद्दिकीले ४ विकेट लिए । यस्तै कासिफ दौद र अहमेद राजाले समान २/२ विकेट लिए ।

 

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन जोडेको थियो ।

 

युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । ओपनर मुहम्मद रिजवानले ३३ रन, चिराग सुरीले २६ रनको योगदान गरे ।

 

भृत्या अरविन्दले २४ रन बनाउँदा बसिल हमिद १७ रनमा आउट भए । करण केसी र सोमपाल कामीले समान २/२ विकेट हात पारे । आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

 

अब नेपालले मंगलबार पीएनजीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिग टु मा नेपालले ११ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

 

यूएई भने १८ खेलमा २२ अंकका साथ दोस्रो स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...