स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ मा मनोनयन दर्ता
वि.सं.२०७८ चैत ४ शुक्रवार १५:४६
2.8K
shares
काठमाडौं: स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको हो ।
१२ गते बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्तालिका छ ।
यस्तै, वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
यसैगरी, वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
वि.सं.२०७८ चैत ४ शुक्रवार १५:४६




















